नियम ४
पर्वतारोहणको लागि तिर्नुपर्ने सलामी रकम र अवधि
(१) पर्वतारोही दलले पर्वतारोहण गर्दा तिर्नु पर्ने सलामी रकम अनुसूची–४ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) प्रारम्भिक पर्वतारोहण अनुमति पाएको पर्वतारोही दलले बाँकी सलामी रकम त्यस्तो अनुमति पाएको मितिले एक वर्षभित्र बुझाउनु पर्नेछ ।
(३) कुनै पर्वतारोही दलले उपनियम (२) बमोजिमको म्यादभित्र बाँकी सलामी रकम नबुझाएमा त्यस्तो प्रारम्भिक पर्वतारोहण अनुमति रद्द हुनेछ ।